शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

आगामी बर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड बजेट सार्वजनिक

सरकारले आगामी वर्ष २०७४/७५ को लागि १२ खर्ब, ७८ अर्ब ९९ करोड बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट प्रस्तुत गरेका छन् ।

बजेट संविधान कार्यान्वयन, संघियता कार्यान्वयन भूकम्प पीडितलाई राहत, रोजगार बृद्धि कृषि आधुनिकिकरण,जलविद्युतमा लगानी, सडक र पर्यटन विस्तार लगायतका विषयमा बजेट केन्द्रीत रहेको महराले बताए । त्यस्तै स्थानीय तहका लागि २ खर्व २५ अर्व ५ करोड ४५ लाख ९१ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।