शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

कन्सलटेन्सीमा एक रुपैयाँ पनि धरौटी मान्य छैनः महासचिव भट्टराई

कन्सलटेन्सी व्यवसायमा धरौटी मान्य नहुने व्यवसायीले बताएका छन् ।  नेपाल शैक्षिक परामर्श संघ ई-क्यानका महासचिव शेषराज भट्टराईले कन्सलटेन्सी व्यवसायमा एक रुपैयाँ पनि धरौटी मान्य नहुने बताएका हुन् । सगबरमाथा खबरसँग कुरा गर्दै महासचिव भट्टराईले कन्सलटेन्सी व्यवसायीले विद्यार्थीबाट एक रुपैयाँ पनि नलिउको प्रस्ट पार्दै धरौटी मान्य नहुने बताए ।

उनले भने धरौटी राख्नु भनेको ‘गलत काम गर्नेलाई प्रशय दिनु हो । सरकारले धरौटीको कुरा सोच्न सम्म मिल्दैन । व्यवसायीले विद्यार्थीबाट एक रुपैयाँ पनि लिएको छैन् । बरु कलेज-युनिभर्सिटीले काम गरेवापत केही रुकम दिने गरेका छन् । यदि सरकारले धरौटीको प्रावधान ल्याए  सम्पुर्ण कन्सलटेन्सी व्यवसायीहरु सडकमै आउन बाध्य हुने छन्’ ।  यो व्यवसाय भित्र रहेका बेतिथी विरुद्ध अभियान नै चलाएर सरकारलाई सहयोग गर्न भने ई-क्यान जस्तो सुकै मुल्या चुकाउन तयार रहेको उनको भनाई छ ।

कन्सलटेन्सी व्यवसाय सञ्चालन गर्न एक करोड धरौटी राख्ने पर्ने प्रावधान सरकारले ल्याउन लागेको हल्ला चले पछि ई-क्यान महासचिव भट्टराईको यस्तो भनाई आएको हो । तर धरौटीका विषयमा सरकारको कुनै पनि आधिकारीक धारणा भने बाहिर आईसकेको छैन् ।