शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

जलेका गाईको बिमा वापत ५९ लाख पाए कार्कीले

युनाइटेड इन्स्योरेन्स कम्पनीले असार २७ गते ओम कृषि फर्ममा आगलागीबाट मृत्यु भएका ५९ वटा गाईको बिमा रकम फर्मका सञ्चालक बाबुराम कार्कीलाई हस्तान्तरण गरेको छ ।
कम्पनीले विमा बापत ५८ लाख ९५ हजार रुपैयाँ सञ्चालक कार्कीलाई दिएको हो । कम्पनीको तर्फबाट कायमुकायम नायब महाप्रबन्धक जीवनकुमार उप्रेतीले बिमितको तर्फबाट कार्कीलाई ५८ लाख ९५ हजार क्षतिपूर्ति बापतको चेक रकम हस्तान्तरण गरेका हुन् ।

बिमितको तर्फबाट कार्कीले बिमा बापतको क्षतिपूर्ति रकम सहज र सरल प्रकृयाबाट पाएकोमा खुसी व्यक्त गरेका छन् ।