शुक्रबार, कार्तिक २९, २०७६
www.samsararemit.com

प्रदेश-२: मोदी आउने दिन सार्वजनिक बिदा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन वैशाख २८ गते प्रदेश नं. २ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश नं. २ मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतीय प्रधानमन्त्री मोदी आउने दिन प्रदेशस्तरीय सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाँलले जानकारी दिए ।

जनकपुरमा सम्बोधन गर्ने भारतीय प्रधानमन्त्री मोदीको कार्यक्रममा सरकारले प्रदेशभित्रका आठवटै जिल्लाबाट ५० हजार मानिस सहभागी गराउने निर्णय गरेको छ ।

बैठकले दुई वटा थप विधेयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णयसमेत गरेको छ ।

नीति आयोग गठन तथा कार्य आदेश विधेयक र प्रदेश प्रकृतिक स्रोत व्यवस्थापन विधेयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।