शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

विराटनगर महानगरले संसद भवन बनाउन डेढ विघा जमिन दिने

प्रदेश १ को संसद भवन निर्माणका लागि विराटनगर महानगरपालिकाले जग्गा उपलव्ध गराउने भएको छ । अहिले जिल्ला विकास समितिको हलमा प्रदेशसभा बैठक बस्ने गरिएको छ । तर, त्यो पर्याप्त नभएको भन्दै महानगरपालिकाले जग्गा दिने निर्णय गरेको हो ।

महानगरपालिका परिषदको वोर्ड वैठकले विराटनगर ८ स्थित हाट खोला मैदान संसद भवनका लागि उपलव्ध गराउने निर्णय गरेको हो । यो जग्गा अहिले सार्वजनिक कार्यक्रम र पार्किङका लागि प्रयोग हुँदै आएको थियो ।

मेयर भिम पराजुलीका अनुसार ‘अहिले अस्थायी रुपमा प्रयोगमा ल्याएको जिससको हलपनि प्रयाप्त छैन । संसद भवनको स्थायी संरचना निर्माणका लागि महानगरले संसद सचिवालयलाई जग्गा उपलव्ध गराएर सहयोग गर्ने निर्णय गरेको उनको भनाई छ ।’

सरकारले प्रदेशको अस्थायी मुकाम विराटनगरलाई तोकेको छ र प्रदेशसभा तथा प्रदेश सरकारका कार्यालयहरु विराटनगरमा नै स्थापित गर्न खोजेक छ ।