मंगलबार, श्रावण २७, २०७७
www.samsararemit.com

मेरो सपनाको बागमती शिर्षकमा कविता तथा चित्रकला प्रतियोगिता

बागमती सरसफाई अभियान १ सय ५० औं हप्ता प्रवेशको अवसरमा मेरो सपनाको बागमती शिर्षकमा कविता तथा चित्रकला प्रतियोगिता सुरु भएको छ ।

बागमती सरसफाई अभियान १ सय ५० औं हप्ता प्रवेशको अवसरमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र बागमती सरसफाइ अभियानले चित्र कला तथा कविता प्रतियोगिता आयोजना गरेको हो ।

गुहेश्वरी स्थित विकास समितिको परिसदमा आयोजित चित्रकाला प्रतियोगितामा मेरो सपनाको बागमती शिर्षकमा वरिष्ठ चित्रकार अनिल चित्रकार, ज्योतिप्रकाश विक, शषिविक्रम शाह, नरेन्द्रबहादुर श्रेष्ठ लगायत ३१ जना चित्रकारले आफ्नो कला प्रस्तुत गर्ने भएका छन् ।

प्रतियोगितामा राजधानीका विभिन्न विद्यालयमबाट सहभागी छात्र छात्राका २ सयवटा चित्रकला र कविता सहभागि भएका छन् । सहभागी उत्कृष्ठ छात्र छात्राबाट प्रथम द्धितिय त्रितिय र शान्नता पुरस्कार विजेसतालाई क्रमश २५ हजार, १५ हजार, १० हजार र दुई जनालाई पाँच हजार रुपैयाँ शान्तना पुरस्कार दिने कार्यक्रम रहेको छ ।

त्यस्तै उत्कृष्ठ चित्रकला संग्राहालयमा राखिने आयोजनकले जनाएको छ । विजेताहरुलाई बागमती सरसफाई अभियान अन्तर्गत आउँदो शनिवार हुँने कार्यक्रममा पुरस्कृत गरिने छ । बागमती सरसफाई अभियानले आउँदो शनिवार १ सय ५० औं हप्ता पुरा गर्दैछ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया