शुक्रबार, मंसिर ६, २०७६
www.samsararemit.com

विवाह भोज खाँदा ३२ बिरामी उपचारका गर्न अस्पताल लगियो

फोटो :फाइल
चितवनः कविलास गाविस–९ कुसुमटारमा विवाह भोज खाँदा ३२ जना बिरामी परेका छन् ।
स्थानीयका अनुसार गत सोमबार दिउँसो गाउँमै विवाह भोज खाएपछि गाउँले बिरामी पर्न थालेका हुन् । क्रमिक रुपमा बिरामी हुने क्रम बढेपछि हिजो दिउँसोबाट उनीहरु भरतपुर अस्पताल आउन थालेका थिए ।
बुधबार दिउँसोसम्ममा ३२ जना अस्पताल भर्ना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जसमध्ये तीन जना पुरुष रहेका छन् । उनीहरुमा झाडापखला लाग्ने, ज्वरो आउने, वान्ता हुनेलगायतको समस्या देखिएको चिकित्सकले बताएका छन् ।
भोज खाएर गएदेखि नै वान्ता हुने र झाडापखला लाग्न सुरु भएको बिरामी शारदा ताामाङले बताए ।
‘सुरुमा त अरु केही कारणले मलाई मात्रै भएको होला भनेको थिएँ, पछि अरु गाउँलेले समेत यस्तै समस्या भएको थाहा पाएपछि भोजकै कैफियत हो भन्ने लाग्यो’, उनले भने ।
भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा विजय पौडेलले विषाक्त खानाका कारण उनीहरु बिरामी परेको बताए ।
भोजको खाना खाँदा ब्याक्टेरियल टक्सिन पेटमा पुगेर रगत प्रभावित भएपछि यस्तो समस्या देखिएको उनको भनाइ छ । उनले सबै बिरामीको अवस्था खतरामुक्त हुँदै गएको बताए । रासस

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया