शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

राजधानीमा नेपाली खाना प्रदर्शनी

नेपाली खानाको आन्तरिक प्रवद्धन गर्ने उदेश्यले राजधानीमा नेपाली खाना प्रदर्शनी सुरु भएको छ । स्नेहा ट्राभल मिडिया र हस्पिटालिटि फाउण्डेसन नेपालको संयुक्त आयोजनामा नेपाली खानाको प्रर्दशनी सुरु भएको हो ।
राजधानीको हात्तिसार स्थित बरोसा लन्ज एण्ड रेष्टुरेण्टमा उक्त प्रदर्शनी भईरहेको छ । मनस्लु र ल्होत्से हिमाल आरोहणको हिरक महोत्सवको अवसरमा नेपाली खानाको प्रर्दशनीको  आयोजना गरिएको हो । कार्यक्रमको प्रबन्ध नेपाल सेफ एशोसिएशनका उपाध्यक्ष सुरेशचन्द्र बस्नेतले गरिरहेका छन ।

प्रर्दशनीमा फापरको रोटी, ढिंडो, चिच्चर र सोजु लगायतका खानाहरु राखिएको छ । प्रर्दशनी १६ मे सम्म चल्नेछ । स्नेहा ट्राभलले अघिल्लो महिना पनि नेपाल पर्यटन बोर्डमा यस्तै खाना प्रदर्शनी आयोजना गरेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया