मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

हिन्दू धर्म रक्षाका लागि राजतन्त्र आवस्यक

स्वामी कमलनयनाचार्यले हिन्दुधर्मको रक्षाका लागि राजसंस्था पर्काउनु पर्ने बताएका छन् । सुनसरीको इटहरीमा पत्रकारसँग कुरा गर्दै कमलनयनाचार्यले राजसंस्था नफर्किएसम्म हिन्दु धर्मको रक्षा गर्न समस्या भएको बताए । गणतन्त्र स्थापना पछी हिन्दुधर्मको संरक्षणमा समस्या देखिएको उनको भनाइ छ।
गणतन्त्र स्थापना पश्चात गठन भएका सरकारले हिन्दु धर्मको रक्षा र सम्वर्धनमा कुनै चासो नदेखाएको भन्दै जनताले चाँहे तत्काल राजसंस्था फर्कने दाबी गरे। ८५ प्रतिशत हिन्दु भएको देशमा धर्मनिरपेक्षता घोषणा गरेर गणतन्त्र स्थापना भएका सरकारले गलत काम गरेको भन्दै हिन्दु राष्ट्रका लागि देशभर अभियान संचालने चेतावनी दिए।
उनले जनआन्दोलन पश्चात सात राजनीतिक दलले हटाएका पूर्वराजा ज्ञानेन्द्रलाई नै राजा बनाउँनुपर्छ भन्नेमा आफू नरहेपनी हिन्दु राष्ट्र हिन्दु धर्मको रक्षाका लागि राजसंस्था ब्युताउनु पर्ने बताए। सरकारले गरिब जनतालाई सेवा सुविधा नदिएका कारण पश्चिमा मुलुकले गरिबिको फाइदा लुट्दै नेपालीलाई जबरजस्ती धर्मपरिवर्तन गरेर क्रिश्चियन बनाएको उनको भनाइ छ।

जहाँ नेपाली जनता गरिबी र अफ्टेरोमा परेका छन्। तिनै बस्तीमा गएर जबरजस्ती धर्मपरिवर्तन गराउनु गैरकानुनी हो।उनले दलको खराव प्रवृत्ति कारण हिन्दु धर्मको अस्तित्व संकटमा परेको भन्दै हिन्दु धर्मको प्रचार देश व्यापी बनाउने बताए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया