मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

ठगी गर्ने पक्राउ पर्दा यातायात कार्यालयमा तोडफोड

काठमाडौँ: दलाललाई प्रहरीले पक्राउ गरेको रिषमा ललितपुर स्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमतीको एकान्तकुना कार्यालयमा तोडफोड भएको छ । सेवाग्राहीबाट पैसा असुल्ने दलाललाई प्रहरीले पक्राउ गरेकै राती कार्यालयमा तोडफोड भएको हो ।

तोडफोडले भवन नं १ को सबै सिसा फुटी क्षति भएको छ । तोडफोडबाट डेढ लाख बराबरको क्षति पुगेको कार्यालय प्रमुख उमेश बस्नेतले जानकारी दिए छन् ।

तोडफोडले झ्यालका सिसा फुटेका कामै नलाग्ने भएको छ ।  मंगलबार दिउँसो सेवाग्राहीको फाइल बोकेर राजस्व बाहेक अतिरिक्त पैसा लिई काम गर्नेलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको थियो । त्यसैको राति  कार्यालयमा तोडफोड भएको हो भने ।

लेखापढी व्यवसायीका नाममा दलाली गरी सेवाग्राहीसँग पैसा असुल्ने २६ जनाको समूहलाई प्रहरीले पक्राउ  गरेको थियो ।

छानबिनपछि १३ जना निर्दोष पाइएकाले छाडिएको र १३ जनालाई प्रमाणसहित सार्वजनिक मुद्दाको प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए ।

कार्यालयमा तोडफोड गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया