बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

चपली हाइटका नायक राजले पाए सफाई

ब्यापारिक रुपले सफल मानिएको दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चपली हाईट’का नायक राज घिमिरेलाई लगाएको अपहरण र कुटपिटको आरोप निराधार प्रमाणीत भएको छ । अदालतमा चलिरहेको  यो मुद्दामा राजले सफाई पाएका छन् । जिल्ला अदालत ललितपुमा न्यायाधिस गायत्रीप्रसाद रेग्मीको ईजलासले घिमिरेलाई मिति  सफाई दिएको हो ।

लेनदेनको विषयलाई लिएर ललितपुर गोदावारीका कुमार सिलवालले अपहरण गरेको आरोप लगाई प्रहरीमा २०७२ पुस २ गते उजुरी दिएका थिए । उजुरी दिने वित्तिकै प्रहरी समक्ष घिमिरे आफै उपस्थित भएका थिए । तर त्यसको ९ दिनमैै नायक घिमिरेले आफु निर्दोष रहेको सावित गरे भने उनलाई आरोप लगाउने सिलवाल आफै खोरमा परे ।

सिलवालले घिमिरेले घरबाटै आफुलाई अपहरण गरेको भन्दै ललितपुर प्रहरीमा जाहेरी दिएका थिए । नायक घिमिरेले सुरुमा नजिकैको होटल छहारी र त्यसपछि जंगलमा लगेर पनि कुटपिट गरेको भन्दै सिलवालले उजुरी दिएका थिए । श्रीमतीको किडनी फेल भयो र घरजग्गा लीलामीबाट बचाउन सहयोग पाउ भन्दै मसँग उसले साढे तीन लाख रुपियाँ लिएको थियो, मलाई उसले कृषि विकास बैंकको बाउन्स चेक दियो’ घिमिरेले भने, ‘मलाइ ढाँट्दै र बाउन्स चेक दिएर हैरान पारेपछि एउटा कफीसपमा बोलाएर सम्झाएको मात्र हुँ तर उसले अपहरण गरेको भन्ने जाहेरी दिएर मलाई उल्टै ९ दिन थुनायो ।

प्रहरी चौकीबाट फोन आउने वित्तिकै आफै चौकी पुगेपनि तर बाहिर सञ्चार माध्यममा गोदावरी घरबाट पक्राउ परेको समाचार प्रशारण भएको उनिको भनाई छ  । नायक घिमिरे घटनाको वास्तविकता अर्कै भएको बताएका छन् । कुमार सिलवाल मेरो आफ्नै मामाको मामाका भतिज हो । भुकम्प पिडितका लागि उठेको रकम र गोदावरीस्थित बाह्बर्षे मेलाका लागि उठेको रकम ६५ लाख रुपैया घिमिरेका मामा लगायत सिलवालले हिनामिना गर्न खोजेको र आफुलाई पनि मामा र सिलवालले ७ लाख रुपैया लिन आग्रह गर्दा आफुले नमान्दा देखि नै सिलवालसंग रिसिबी बढेको हो । ” घिमिरेले बताए ।

त्यहि अनुसार सिलवाललाई नायक घिमिरेले जग्गा बैनाको लागि साँढे ३ लाख रुपैया सापटी पनि दिएका थिए । सोहि पैसा आफुले मागेको तर सिलवालले बारम्बार बाउन्स चेक दिएको र उल्टो आफुलाई कुटपिटको आरोप लगाएर प्रहरीमा उजुरी दिएको घिमिरेले बताए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया