शनिबार, फाल्गुन १०, २०७६
www.samsararemit.com

कमल थापा चौथो पटक भारत भ्रमणमा जाँदै

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले जेठ २८ गतेदेखि भारतको तीन दिने भ्रमणमा जाने भएका छन् ।  सार्क विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन मन्त्री  थापा भारत जान लागेका हुन् ।  मन्त्री थापाको भ्रमणका क्रममा केही उच्च राजनीतिक भेटघाट हुने स्रोत्रले जनाएकको  छ ।
थापाले भारतीका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजसँग जेठ ३० गते भेटवार्ता गर्न तयारी भएको स्रोत्रले बताएको छ  । मन्त्री थापा सार्क मन्त्रिपरिषदको अध्यक्ष समेत हुन् ।   दिक्षान्त समारोह जेठ २९ गते हुने जनाइएको छ । उनी जेठ ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।  नयाँ संविधान जारी भएपछि उपप्रधान तथा परराष्ट्र मन्त्रीको हैसियतमा यो उनको चौथो भारत भ्रमण हो।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया