सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

इजरायली चलचित्र महोत्सव आगामी असारमा

दसौँ इजरायली चलचित्र महोत्सव आगामी असार २३ र २४ गते काठमाण्डौं स्थित रुसी सांस्कृतिक केन्द्रमा हुने भएको छ ।

इजरायलको ६८औँ स्वतन्त्रता दिवसको  अवसरमा नेपाल फिल्म सोसाइटी र इजरायली राजदूतावाको संयुक्त आयोजनामा उक्त महोत्सव हुन लागेको हो । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल चलचित्र प्रदर्शन गरिनेछन् ।

प्रदर्शनीमा आउने चलचित्रमा ‘फिल द भ्वाइड’ (खालीपन भर), ‘ब्यान्डस् भिजिट’ (ब्यान्डको भ्रमण), ‘फरेन सिस्टर’ (विदेशी चेली) र ‘द डिस्ट्यान्स्’ (दूरी) तथा वृत्तचित्रमा ‘डल्फिन ब्वाइ’ (डल्फिन केटो) र ‘गोर्खाज डटर इन इजरायल’ (इजरायलमा गोर्खालीकी छोरी) छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा इजरायली चलचित्र निर्माता तथा निर्देशक डान वोलम्यानले इजरायल आप्रवासीको देश भएकाले त्यहाँ विविधता रहेको जानकारी दिँदै चलचित्र हेरेर विश्वमै यहुदी बाहुल्य एक मात्र समाज र संसारकै पुरानामध्येको एक हिब्रु भाषाबारे ज्ञान लिन सकिने बताए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया