शनिबार, फाल्गुन १०, २०७६
www.samsararemit.com

कर्मचारीले लखेटेपछि गाविस भवनमै झुन्डिए आत्महत्या

 

मोरङको भौंडाहा गाविसमा  सेवा लिन पुगेका एक सेवाग्राहीलाई कर्मचारीले दुर्व्यवहार गरेपछि गाविस भवनमै झुन्डिएर आत्महत्या गरेका छन् ।

शौचालय निर्माणका लागि आवश्यक सामग्री सहयोग माग्न गाविस कार्यालय पुगेका ५० वर्षीय चैता सरदारलाई कर्मचारीले मदिरा पिएर आएको भन्दै दुर्व्यवहार गरेपछि थिए। कर्मचारीको दुर्व्यवहार सहन नसकेर सरदारले झुन्डिएर आत्माहत्या गरेको स्थानीय बासीले बताएका छन् ।

भौँडाहा ८ घर भएका सरदार मंगलबार दिउँसो शौचालय निर्माणका लागि आवश्यक सामाग्री सहयोग माग्न गाविस भवन पुगेका थिए । कार्यालय पुगेका सरदारलाई कर्मचारीले दुर्व्यवहार गरेर लखेटेका थिए ।

सरदारको शव गाविस भवनमा आफ्नै गाम्छामा झुन्डिएको अवस्थामा फेला परेको थियो । गाविस भवनको बैठक कक्षको झ्यालमा झुन्डिएर उनले आत्महत्या गरेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया