सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

इपिएस परीक्षामा ३१ नक्कली परीक्षार्थी पक्राउ

रोजगार अनुमति प्रणालीअन्तर्गत शनिबार भएको  सातौँ इपिएस कोरिया भाषा परीक्षामा सहभागि ३१ जना नक्कली विद्यार्थी  प्रहरीले पक्राउ गरेको छ । काठमाडौँबाट २३ र ललितपुरको केन्द्रबाट आठ गरी २३ जना नक्कली विद्यार्थी पक्राउ परेका हुन् ।

उनिहरु अर्काको नाममा परीक्षा दिन आएका थिए।  पक्राउ परेकाहरुलाई हिरासतमा राखी कानुनबमोजिम कारबाही अगाडि बढाइएको छ ।

यस वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४०४ महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार १७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४५१ छन् ।

आज ३० हजार २०२ विद्यार्थी रहेकामा २८ हजार ७८२ जनामात्रै परीक्षामा सहभागी भएका छन् । बाँकी विद्यार्थीको आइतबार बिहान ८ः३० बजे र अपराह्न १२ः३० बजेदेखि परीक्षा सञ्चालन हुनेछ । पढाइ १०० र लेखाइ १०० गरी २०० पूर्णाङ्कको हुने सो परीक्षा ७० मिनेटको हुनेछ ।

यस वर्ष तीन हजार १०० लाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् । काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् ।

आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन् । हालसम्म ३८ हजार जना भाषा परीक्षामार्फत कोरिया गएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया