शनिबार, असार २७, २०७७
www.samsararemit.com

दोलखामा पहिराले चार घर पुरिए

लगातार परेको वर्षापछि गएको पहिराले दोलखाको सुरी गाविसमा गए राति चार घर पुरेको छन् । पहिराले सुरी–३ का दिनेश खड्का, चरित्रकुमार खड्काको दुई वटा र लालकुमार खड्काको घर पहिरोमा पुरिएको हो । पहिरामा अस्थायी आवाससँगै धनमाल र चौपायासमेत पुरिएपछि उनीहरु बिचल्लीमा परेका छन् ।

त्यसैगरी सुरी–३ का १९ परिवार र सुरी–५ का २१ परिवार पहिराको उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । पहिरोबाट सुरी ३ र ५ नं वडाको करिब ८० रोपनी जग्गामा लगाएको मकैबाली पूर्णरुपमा नोक्सान भएको बताइएको छ । पहिराका कारण सोही ठाउँकै कलङ खोला लघुजलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया