बुधबार, कार्तिक ६, २०७६
www.samsararemit.com

विद्यार्थी पिट्ने शिक्षक पक्राउ

विद्यार्थीलाई कुटपिट गरेको अभियोगमा पाँचथरको एक निजी विद्यालयका प्रिन्सिपल पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर थर्पुस्थित साइनिङ स्टार लोवर सेकेण्डरी इङ्लिस स्कुलका प्रिन्सिपल ईश्वरीप्रसाद सापकोटा हुन् ।
सापकोटाले ताप्लेजुङ आम्वेगुदीन–९ घर भई सोही स्कुलमा कक्षा २ मा पढ्ने ८ वर्षका रचित विष्टलाई मंगलबार अक्षर नराम्रो भएको भन्दै ट्युसन कक्षामा कुटपिट गरेको आरोप लागेको छ । बालकलाई अक्षर राम्रो नभएको भन्दै विद्यार्थीहरूकै माझमा बाँसको लाठीले हातपाखुरा तथा खुट्टाका विभिन्न भागमा निलडाम हुनेगरी शिक्षक सापकोटाले कुटपिट गरेका थिए । उनलाई नियन्त्रणमा लिइएको पाँचथर प्रहरीले जनाएको छ।
कुटाईको कारण ज्वरोले थलिएको बच्चाको उपचारसहित कुटपिटमा संलग्न प्रिन्सिपललाई कानुनी कारबाहीको माग गर्र्दै उनले बिहीबार नै जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन दर्ता परेको छ । प्रिन्सिपल सापकोटालाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया