सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

बाढी पहिरोमा परी १०२ जनाको मृत्यु २२ बेपत्ता

सरकारले  बाढी पहिरो पीडितका लागि तत्काल राहत उपलव्ध गराउन ७५ करोड रुपैयाँ थप निकासा गरेको छ । मन्त्रिपरिषदको बैठकले दैवी प्रकोप उद्धार तथा राहत कोषमा ७५ करोड रुपैयाँ थप गरी पठाएको हो ।

सोमबारको संसद बैठकमा उपप्रधानमन्त्री  भीमवहादुर रावलले  बाढी पहिरो पीडितकाे सहयोगार्थ थप ७५ करोड रुपैयाँ निकासा गरिएका जनाकारी गराए हुन् । संसदमा उपप्रधानमन्त्री रावलले उद्धार तथा राहतमा कुनै कमी हुन नदिन सरकार सचेत रहेको जानकारी गराए । उनले ठाउँ-ठाउँमा सेनाका हेलिकोप्टर तैनाथ गरेर उद्दार र राहत कार्य भइरहेका संसदलाई जानकारी गराए  ।

बाढी पहिरोमा परी ४३ जिल्लामा एक सय दुई जनाको ज्यान गएको र २२ जना बेपत्ता रहेको  उनले जानकारी गराएका थिए । सबैभन्दा धेरै प्युठानमा ३१ जनाको मृत्यु भएको छ भने २५७ परिवार विस्थापित भएको मन्त्री रावलले जानकारी दिए ।

उनका अनुसार ५८ जना घाइतेको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । गृहमन्त्रालय बाढी पहिरो पीडितका लागि लत्ता कपडा, खाद्यान्न, भाँडाकुँडा लगायत अत्यावश्यक सामाग्री र त्रिपाल लगायतका सामान पीडितहरुसम्म पुर्‍याइएको जानकारी समेत  दिए ।

सरकारले बाढी पहिरोमा परी घर भत्किएका पीडितलाई ३५ हजार रुपैयाँ तत्काल उपलव्ध गराउने र मृतकका परिवारलाई काज किरिया खर्चका रुपमा ४० हजार रुपैयाँ उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयमा रकम पठाइएको उनले जानकारी दिए ।

 पीडितकाे सहयोगार्थ थप ७५ करोड रुपैयाँ निकासा गरिएका जनाकारी गराए हुन् । संसदमा उपप्रधानमन्त्री रावलले उद्धार तथा राहतमा कुनै कमी हुन नदिन सरकार सचेत रहेको जानकारी गराए । उनले ठाउँ-ठाउँमा सेनाका हेलिकोप्टर तैनाथ गरेर उद्दार र राहत कार्य भइरहेका संसदलाई जानकारी गराए  ।

बाढी पहिरोमा परी ४३ जिल्लामा एक सय दुई जनाको ज्यान गएको र २२ जना बेपत्ता रहेको  उनले जानकारी गराएका थिए । सबैभन्दा धेरै प्युठानमा ३१ जनाको मृत्यु भएको छ भने २५७ परिवार विस्थापित भएको मन्त्री रावलले जानकारी दिए ।

उनका अनुसार ५८ जना घाइतेको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ । गृहमन्त्रालय बाढी पहिरो पीडितका लागि लत्ता कपडा, खाद्यान्न, भाँडाकुँडा लगायत अत्यावश्यक सामाग्री र त्रिपाल लगायतका सामान पीडितहरुसम्म पुर्‍याइएको जानकारी समेत  दिए ।

सरकारले बाढी पहिरोमा परी घर भत्किएका पीडितलाई ३५ हजार रुपैयाँ तत्काल उपलव्ध गराउने र मृतकका परिवारलाई काज किरिया खर्चका रुपमा ४० हजार रुपैयाँ उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयमा रकम पठाइएको उनले जानकारी दिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया