सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

३४ हजार सवारी लाइसेन्स खारेज

सरकारले २०५९ सालदेखि २०७२ सालसम्म कारवाहीका लागि ट्राफिक प्रहरीले लिएर त्यसै अलपत्र परेका लाइसेन्स खारेज गरेको छ ।

यस अघि यातायात व्यवस्था विभागले बितेको एक महिना निलम्बनमा परेका ३६ हजार लाइसेन्स ब्युँताउन समय तोकेको थियो । तर, त्यस अवधिमा १५ सय मात्र लाइसेन्स सवारी धनीले फिर्ता लिएका छन् । अलपत्र परेका बाँकी साढे ३४ हजार लाइसेन्सलाई खारेजी गरिएको विभागका जानएको छ ।

खारेजीमा परेका सबै लाइसेन्सको विवरण सबै यातायात व्यवस्था कार्यालयमा पठाइँदैछ  छ । लाइसेन्स समातिएपछि हराएको बाहना पार्दै लाइसेन्स लिनेको क्रमबढेको थियो । त्यसको आशंकामा  एक महिनाको समय दिएको तर त्यो समयमा लिन नआउँनेको लाइसेन्स खारेज गरिउको विभागले जनाएको छ ।

लाइसेन्सको विद्युतीय रेकर्ड नहुँदा ट्राफिकले लाइसेन्स समातेपनि हराएको भन्दै फेरि प्रतिलिपि निकाल्ने प्रचलन छ । तर, खारेज भएका लाइसेन्सलाई अब नवीकरण प्रक्रियामा लैजान नसकिने र सबै यातायात कार्यालयलाई यसमा सतर्क गराइएको विभागले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया