सोमबार, जेष्ठ ६, २०७६
www.samsararemit.com

आर्यन र नम्रता उत्कृष्ट नायक नायिका

नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ उत्कृष्ट नायक नायिका घोषित भएका छन् ।

पोखरामा सम्पन्न आठौं डिजिटल सिने अवार्डबाट उनीहरुले उत्कृष्ट नायक नायिकाको अवार्ड जितेका हुन् ।

आयोजक छाँयाछवि क्रियसनले राजधानी बाहिर पहिलोपटक आयोजना गरेको अवार्ड वितरण कार्यक्रमबाट उत्कृष्ट निर्देशकको अवार्ड दिपेन्द्र के खनालले पाएका छन् ।

त्यस्तै उत्कृष्ट चरित्र अभिनेत्रीको अवार्ड दिपाश्री निरौलाले पाइन् । उत्कृष्ट गायिकाको अवार्ड भने अन्जु पन्तले हात पारिन् । उत्कृष्ट चलचित्र ‘क्लासिक’ हुन सफल भयो ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया