शनिबार, असार २७, २०७७
www.samsararemit.com

बस दुर्घटनामा पाँचको मृत्यु

बैतडीमा आज दिउँसो बस दुर्घटना हुँदा गर्भवती महिलासहित पाँचजनाको मृत्यु भएको छ ।

धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ नंको बस आज दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक दुर्घटनामा परेको हो । मृत्यु हुनेको सनाखत गर्ने प्रयास भइरहेको घटनास्थलबाट प्रहरी नायब निरीक्षक रुपसिंह थापाले जानकारी दिएका छन् ।

बस सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ । दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ । घटनास्थलमा खोड्पे प्रहरीचौकीबाट गएको प्रहरीे टोलीले उद्घार गरिरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया