शनिबार, चैत्र ९, २०७५
www.samsararemit.com

पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ। घरमाथिबाट खसेको पहिरोमा पुरिएर बुङ्गादोभान–४ रिङ्लाङका गंगाधर रोकाका परिवारका चारजनाको मृत्यु भएको हो।

पहिरोमा पुरिएर गंगाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी इन्द्रकुमारी, १२ वर्षीय छोरा इन्द्रजीत र ९ वर्षीया छोरी मायादेवी रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काले जानकारी दिए।

ठूलो ढुङ्गासहित खसेको पहिरोले रोकाको घर पूर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया