शनिबार, चैत्र १५, २०७६
www.samsararemit.com

बाघ अनुगमन सुरु

बर्दिया राष्ट्रिय निकुञ्जमा क्यामरा ट्रापिङ प्रविधिबाट बाघ अनुगमन सुरु गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, जिल्ला वन कार्यालय बर्दिया अन्तर्गतको खाता संरक्षित क्षेत्र, जिल्ला वन कार्यालय कैलालीको छतिवन वन क्षेत्रमा समेत बाघको सङ्ख्या र बाघको आहाराजन्य प्रजातिको अवस्था पत्ता लगाउन कार्यक्रम सुरु गरिएको हो ।
वन तथा भूसंरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा महेश्वर ढकाल र मध्यपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशक गणेश रायले संयुक्त रुपमा बाघको तस्बिर खिंच्ने क्यामरा खोली बाघ अनुगमनको सोमबार औपचारिक रुपमा सुरुआत गरे ।
बाघ र यसको आहाराजन्य प्रजाति अनुगमनका लागि तस्बिर खिँच्न निश्चित स्थानमा क्यामेरा राखिएको छ । निकुञ्जले २०७२ सालदेखि नियमित रुपमा क्यामरा ट्रापिङ प्रविधिबाट बाघ अनुगमन गर्दै आएको छ ।
बाघ र यसको आहाराजन्य प्रजाति अनुगमनका लागि यस क्षेत्रलाई चार खण्डमा विभाजन गरिएको र प्रत्येक खण्डमा बाघको तस्बिर खिँच्न क्यामरा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले जानकारी दिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया