सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

अब प्रत्यक्ष राष्ट्रपति प्रणालीमा जानुपर्छः बाबुराम

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् ।
नयाँ शक्ति विद्यार्थी युनियनले आइतबार गोरखा क्याम्पसमा गरेको ‘विद्यार्थीसँग डा बाबुराम भट्टराई’ शीर्षक अन्तरक्रियालाई सम्बोधन गर्दै भट्टराईले राष्ट्रपति प्रणालीमा जनुपर्ने बताएका हुन् ।
‘संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा पक्षमा जानुपर्छ,’ भट्टराईले भने, ‘विकास र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्छ।’
मधेसी, थारु, आदिवासी जनजाति, महिला र दलितका अधिकार अपूर्ण रहेको जनाउँदै संविधान संशोधन गरी कार्यान्वयनमा सबै जुट्नुपर्ने बताएका छन्।
उनले संविधान जारी भएको १६ महिना बिते पनि कार्यान्वयन नभएकामा चिन्ता व्यक्त गरे । भट्टराईले भने, ‘मधेसवादी शक्तिलाई पनि सहमतिमा ल्याएर संविधान संशोधन गरी कार्यान्वयनमा जाऔं ।’
उनले नेपालप्रति जिम्मेवार भएर सबै जाति, समुदायलाई अधिकार सम्पन्न बनाउँदै दिगो विकास गर्नेतर्फ जुट्न सबैलाई आग्रह गरे ।
राज्यले आवश्यक बजेटको व्यवस्था गरी शिक्षामा लगानी वृद्धि गर्नुपर्ने उनको भनाइ छ । गोरखा क्याम्पसमा पुस्तकालय निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि भट्टराईले व्यक्त गरे ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया