सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

दाङमा बस दुर्घटनामा तीन जनाको मृत्यु, २४ घाइते

दाङमा भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा सतबरीया गाविसका कृष्ण शाही, सौडीयार गाविसका ६० बर्षीय चित्रबहादुर श्रेष्ठ र प्यूठान खालागाउँका ३८ बर्षीय देउरी विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार घोराहीबाट बुटबल जाँदै गरेको लु २ ख ७७६ नम्बरको बस लमही–घोराही सडकखण्डको लक्ष्मीपुर १ मुसोट खोलाको उकालोमा दुर्घटना भएको थियो । बस सडकबाट झण्डै एक सय मिटर तल खसेको छ ।
दुर्घटनामा परी घाइते भएका दुई जनाको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । अन्य एकजनाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । दुर्घटनामा परी २४ जना घाइते भएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया