मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

प्रेम विवाह गरेका दम्पती बीच खुकुरी हानाहान, श्रीमानको मृत्यु

रुपन्देहीको रुद्रपुर–२, पिपरीचापा निवासी २३ वर्षीय श्याम बुढाको उनकै श्रीमती शीलाले हत्या गरेकी हुन् । प्रेम विवाह  भएको चार महिना पछि २४ वर्षीया शीलाले धारिलो हतियार प्रहार गरी श्रीमानको हत्या गरेको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ ।
सोमबार विहान आपसी झगडाका कारण उनीहरुबीच खुकुरी र खुडा हानाहान भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेका श्यामको उपचारको क्रममा मृत्यु भएको हो । श्रीमानको खुकुरी प्रहारबाट घाइते भएकी शीलाको उपचार भइरहेको छ ।छिमेकीकोमा किरियापुत्री कुर्न गएका श्याम घर ढिलो फर्किएको विषयमा उनीहरुबीच झगडा भएको प्रहरीले जनाएको छ ।
शीला र श्यामबीच गत भदौंमा विवाह भएको थियो । स्कुल उमेरमै प्रेममा रहेकी शीलाले विहेपछि सालझण्डीमा ब्युटिपार्लर सञ्चालन गरेकी छन्। घाइते रहेकी शीलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मृतक श्याम पशुपति उच्च मावि सालझण्डीका कक्षा ११ का विद्यार्थी हुन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया