आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

‘मिस-युनिभर्स’मा सहभागी सुन्दरी

विश्‍वभरका ८६ सुन्दरीहरु मिस युनिभर्स २०१७ प्रतियोगितामा भाग लिनका लागि फिलिपिन्सको राजधानी मनिलामा पुगेका छन् । सोमबार हुने फाइनलमा प्रतिस्पर्धाका लागि सबैले आ-आफ्नो देशको पहिरन लगाएर त्यहाँ पुगेका हुन् ।

सो प्रतियोगिता हेर्नको लागि मल अफ एसिया एरीना हल भरीभराउ थियो । निर्णायकहरुको अगाडि विभिन्‍न देशका प्रतिनिधि सुन्दरीहरुले स्विमसुट, इनिङ गाउन र आफ्नो देशको परम्परागत भेषभुषामा उत्रिएका थिए । यसको सुरु विहीबारबाट भएकाले त्यसबाट टप १२ प्रतियोगीहरुलाई ‘पेज्न्ट नाइट’को रुपमा छानिने मिस युनिभर्सको वेबसाइटले उल्लेख गरेको छ।

फिलिपिन्सको सीमा मिस यूनिभर्स प्रतियोगिताको पहिलो चरणमा परेड प्रतियोगिता हुनेछ भने इनिङ गाउनमा प्रतियोगीहरुले निर्णायकको सामू परेडका साथै आफनो प्रतिभा देखाउनुपर्ने हुन्छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया