शनिबार, असार २७, २०७७
www.samsararemit.com

किन नेपाली भूमिमा भारतीय सेनाको दादागिरी

नेपालकै भूमिमा बिकास निर्माण कार्य गर्न भारतीय सीमा सुरक्षाबल  एसएसबी ले रोकेपछि कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित आनन्दबजारमा भएको विवादले चरम रुप लिँदा भारतीय सुरक्षाबलले चलाएको गोली लागी  एक नेपालीले ज्यान गएको ।
बिहीबार दिउँसोको झडपमा भारतीय प्रहरीले चलाएको गोलीबाट ३० बर्षीय स्थानीय गोविन्द गौतमको मृत्यु भएको हो । स्थिति नियन्त्रणमा लिन थप सुरक्षाकर्मीसहित घटनास्थल पुगेका कञ्चनपुर प्रहरीका एसपी प्रकाश चन्दले भारतीय पक्षसँग छलफल गरी वार्ताको पहल गरेका छन् । उनले भारतीय पक्षलाई उच्चस्तरीय टोली बनाउन र नेपाली पक्षबाट पनि क्षेत्रीय प्रशासकको नेतृत्वमा वार्ताटोली आउने बताएका छन् ।

प्रहरी थपिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २०० को हाराहारीमा नेपाली सुरक्षाकर्मीले आक्रोशित नेपाली भिडलाई साम्य बनाउने प्रयास गरिरहेको थियो । पहिलो घेरामा प्रहरी र दोस्रो घेरामा सशस्त्र छन् ।

बुधबार साँझ एसएसवीका जवानहरुले नेपालीको घरमा छिरेर कुटपिट गरेपछि त्यसको बिरोधमा सीमा क्षेत्रमा पुगेका नेपाली र भारतीयबीच बिहीबार बिहानैदेखि झडप भइरहेको थियो ।

भारतीय सुरक्षा बल नेपाली भूमि छिरेर दादागिरी शैलीमा गोली चलाएको हो ।  नेपाली भूमिमा कल्वर्ट बनाउन लाग्दा गुगल म्यापले भारतीय भूमि देखाएको भन्दै एसएसवीले रोकेपछि आनन्दबजारमा विवाद सुरु भएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया