आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

वरिष्ठ पत्रकार घिमिरेलाई ‘कीर्ति स्मृति पत्रकारिता पुरस्कार‘

वरिष्ठ पत्रकार युवराज घिमिरेलाई नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित ‘कीर्ति स्मृति पत्रकारिता पुरस्कार सम्मान २०७३’ प्रदान गरिने भएको छ । मोफसलमा स्थापित सबैभन्दा ठूलो राशीको यो पुरस्कार स्वरुप नगद एक लाख एघार हजार एक सय एघार रुपैयाँ प्रदान गरिन्छ ।

पहिलोपटक प्रदान गरिन लागेको यो पुरस्कारका निम्ति अन्नपूर्ण पोस्टका सम्पादक घिमिरेको छनौट गरिएको हो । महासंघ, कास्कीको शुक्रबार बसेको बैठकले घिमिरेको नाम चयन गर्ने प्रतिभा छनौट समितिको सिफारिसलाई सदर गरेको थियो । समाजसेवी तथा उद्योगपति सूर्यवहादुर केसी र प्रेमकुमारी केसीद्वारा स्थापित यो पुरस्कार हरेक वर्ष चैत १९ गते प्रदान गरिने छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया