शनिबार, असार २७, २०७७
www.samsararemit.com

आईसीसीले नेपाली क्रिकेट खेलाडीलाई १५ महिनाको तलव दिने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघको बिवादसँगै निलम्बनमा परेपछि नेपाली क्रिकेट खेलाडीको रोकिएको १५ महिनाको तलव दिने निर्णय गरेको ।

आईसीसीको बोर्ड बैठकले नेपाली खेलाडीलाई १५  महिनाको तलव एकमुस्ठ उपलब्ध गराउने आईसीसी डेभलपमेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो । साथै निलम्बन फुकुवाका लागि भइरहेको प्रक्रियाको पनि आइसीसीले स्वागत गरेको छ ।

क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघ निलम्बन गर्ने निर्णय गरेको थियो । निलम्बनसँगै क्यानको बैंक खाता पनि रोक्का भएको थियो । त्यसयता खेलाडीले तलव पाउन सकेका थिएनन् ।

आईसीसीले क्यान निलम्बनमा परेपनि राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सहभागिता यथावत राखेको थियो । क्यान निलम्बनमा परेपछि नेपालले आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीप अन्तर्गतका दुई चरणका चार खेल खेलेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया