आईतबार, जेष्ठ ५, २०७६
www.samsararemit.com

नयाँ शक्ति र फोरम मसाल चिन्हमा चुनावमा जाने

नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग चुनावी सहकार्य अघि बढाएको छ । स्थानीय तह निर्वाचनमा दलगत चुनाव चिन्हको विषय टुंगोमा पुगेपछि नयाँ शक्ति चुनावमा होमिएको छ  । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमले संयुक्त चुनाव चिन्ह लिएर स्थानीय तह निर्वाचनमा सहभागिता हुने सम्झौता गरेसँगै नयाँ शक्ति चुनावमा सक्रिय हुन थालेको हो ।
सरकारले संसदमा प्रतिनिधित्व गर्ने दललाई मात्र दलगत चुनाव चिन्ह दिने व्यवस्थासहितको स्थानीय तह निर्वाचन ऐन ल्याएपछि नयाँ शक्तिलगायतका ६८ दलहरु चुनाव चिन्ह माग गर्दै संयुक्त संघर्षमा उत्रिएका थिए ।
त्यस्तै यसअघि दुई पार्टी एकताका प्रयाससमेत भइरहेको छ । तत्काल एकटा हुने संभावना नभएपनि कार्यगत रुपमा चुनावी एकताका लागि दुई दलले संघीय समाजवादी फोरमको नाममा दर्ता भएको चुनाव चिन्ह एक हालले बोकेको मशाललाई संयुक्त रुपमा प्रयोग गरेर चुनावी मैदानमा उत्रिने सहमति गरेका हुन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया