सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

हुकिङ गरी विद्युत चोरी गर्ने सात जना पक्राउ

विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाले हुकिङ गरी विद्युत् चुहावट गर्ने आधा दर्जनलाई शुक्रबार नियन्त्रणमा लिएको छ ।
विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत  शुक्रबार प्राधिकरणका कर्मचारी र प्रहरीको संयुक्त टोलीले सिरहा नगरपालिका–९ ठेंगहीबाट हुकिङ गरी विद्युत् चुहावट गर्ने स्थानिय गणेश यादव, जुगती यादव, विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका कुमर पासवान, गुबदा पासवान र अर्नमा गाउँपालिका–३ अर्नमाबाट वीरेन्द्र ठाकुर, पवन पासवान र रञ्जीतकुमार मुखियालगायत सात जनालाई पक्राउ गरिएको विद्युत् प्राधिकरण सिरहा वितरण केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।

पोलबाट हुकिङ गरेर चलाइरहेको टिभी दुई थान, मोटर दुई थान, पङ्खा दुई थानसमेत बरामद गरेकोे प्रमुख यादवले जानकारी दिएका छन्  ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया