सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

बाढीले तिलाठीमा बाध फुट्योः ३५ घर डुबानमा

राजविराज स्थित खाँडो खोलामा अचानक आएको बाढीले बाँध भत्काएपछि शनिबार तिलाठी-कोइलाडी गाउँपालिका डुबानमा परेको छ ।
चुरे पहाड हुँदै अकस्मात खाँडो खोलामा उर्लिएको बाढी राजविराज-कुनौली सडक खण्डमा बन्दै गरेको पुल नजिकैको बाँध भत्काएर गाउँ पसेको हो । बाढीले उक्त गाउँपालिकाको वडा नं. ३ का करिव ३५ घर डुवानमा परेको प्रहरीले जनाएको छ ।
बाढीले तिलाठीबाट राजविराजतर्फ आउँदै गरेको को.१प ६८७२ नम्बरको मोटरसाईकल समेत बगाएर वेपत्ता बनाएको छ । मोटरसाईकल चालक राजविराज ५ का रामचन्द्र दासको भने प्रहरी टोलीले उद्धार गरेको छ । खोलाको पानी गाउँमा पसेपछि बालीमा क्षति पुग्नुका साथै गाउँलेहरुको आवतजावत अवरुद्ध भएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया