शनिबार, असार २७, २०७७
www.samsararemit.com

ओम अस्पताल ‘काल’ बन्दै, लामिछानेको मृत्यु पछि तनाव (भिडियो)

काठमाडौंको चाबहिलस्थित ओम अस्पताल एण्ड रिसर्च सेन्टरमा पत्थरीको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ । गोरखा जिल्ला स्थायी घर भई हाल चाबहिलमा बस्दै आएकी ५५ वर्षीया नन्दकुमारी लामिछाने सामान्य अवस्थामा हिडेरै अस्पताल पुगेकी थिईन् । उनलाई समान्य खालको पत्थरी भएको थियो । ततकालै अप्रेसन नगर्दा नपि  हुने ।  तर ओम अस्तालका डाक्टर मदन कोइरालको सुझाव अनुसार उनिले शल्यक्रिय गर्ने निर्णय गरेकी थिईन् । सोहि अनुसार बुधबार  उनि ओम अस्पताल पुगेकी थिईन ।

डाक्टर कोइरालाले आधा घण्टामा सल्यक्रिया सकिने बताएका थिए । सामन्य खालको सल्यक्रिया भएकाले कुनै जोखिम नरहेको उनले बताएका थिए । तर डाक्टरको लापर्वाहीका कारण जुन नहुनु पर्ने त्यही भयो  । बुधबार साँझ ७ बजे अप्रेसन रुममा लामिछानेकालाई लगिएको थियो ।  डाक्टरले आधा घण्टामा शल्यक्रिय सकिने बताएका थिए । तर जोखिम नरहेको बताउँने तिनै डाक्टर मदन कोइरालाले राति एक बजे लामिछानेलाई मृत घोषणा गरे । त्यो पनि नाटकीय शैलिमा । अस्पतालमा ठुलो संख्यामा प्रहरी थुपारेर लामिछानेलाई मृत घोषणा गरिएको थियो ।

डाक्टरको लापर्वाहीका कारण लामिछानेको मृत्यु भएको भन्दै उनका आफन्त अस्पताल परिषरमा प्रदर्शन गरेका छन् । अस्पताल प्रशासनले घटनालाई लुकाउन खोजेको आरोप पीडित पक्षको रहेको छ । लामिछानेको मृत्यु भएपछि आफन्तले प्रदर्शन गर्नेवित्तिकै प्रहरीलाई बोलाइएको थियो ।

डा.भोला रिजालको लगानी रहेको ओम अस्पताल बेलाबेलामा विवादमा परिरहन्छ । यसअघि पनि बिरामीको गलत उपचारका कारण मृत्यु भएको भन्दै आफन्तले अस्पताल तोडफोड गर्नुका साथै प्रदर्शन समेत गरिसकेका छन् ।

के भन्छीन मृत लामिछानेकी छोरी

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया