शनिबार, असार २७, २०७७
www.samsararemit.com

बाढी पहिरोमा परि ७४ जनाको मृत्युः ५० हजार घर डुबानमा

मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परेर मृत्यु हुनेको संख्या ७४ पुगेको छ । प्रहरीका अनुसार विभिन्न जिल्लामा गरेर अहिलेसम्म ७४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ५६ जना बेपत्ता भएका छन् । बाढी तथा पहिरोमा परेर अहिलेसम्म ३३ जना घाइतेसमेत भएका छन् । प्रहरीकाअनुसार बाढी तथा पहिरोमा परेर देशभर २ हजार ६९८ वटा घर पूर्णरुपमा क्षति भएको छ भने ४८ हजार ५५६ वटा घर डुबानमा परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म देशभर २१ हजार ४६५ जना विस्थापित भएका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया