मंगलबार, जेष्ठ १३, २०७७
www.samsararemit.com

बाहिरी चक्रपथ मुआब्जाको रिटमा २ असोजमा फैसला

बाहिरी चक्रपथ निर्माणको क्रममा मुआब्जा सम्बन्धी परेको रिटमाथि सर्वोच्च अदालतले असोज २ गते पुनः निसु (निर्णय सुनाउने) मिति तोकेको छ ।

निर्णय सुन्न आएका कतिपय निवेदकहरु भने दिनभर अदालत परिसरमा रुँघेर बेलुका पाँच बजे फर्केका छन् ।न्यायाधीश केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा तोकिएको आजको निर्णय सुनाउने (निसु) भने बुधबार बेन्च नै हुन सकेन ।

चक्रपथ निर्माणको क्रममा आफ्नो जग्गाको मुआब्जा कम भयो भन्दै झण्डै दुई सय जनाले सर्वोच्च अदालतमा रीट हालेका थिए । लामो सयमको वहस पछि सर्वोच्चले आज बुधबार निर्णय सुनाएको हो ।

चावहिलदेखि साँखु, कलंकी मूलपानीदेखि बाहिरी चक्रपथमा जग्गापर्ने जग्गाधनीहरुले सर्वोच्चमा रीट निवेदन दिएका थिए ।

बाहिरी चक्रपथ आयोजना चालु भएको १६ वर्ष वितिसक्दापनि निर्माण कार्य भने अझै थालिएको छैन तर मुआब्जाको चिन्तामा भने घर र जग्गाधनीहरु सर्वोच्च धाएको महिनौ वितेको छ । सर्वोच्चमा उक्त मुद्दा झण्डै १७ पटक सम्म हेर्दाहेर्दैमा राखिएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया