आईतबार, जेष्ठ ५, २०७६
www.samsararemit.com

नुवाकोटमा बस दुर्घटना: ८ जनाको मृत्यु २८ घाईते

 

नुवाकोटको थानाभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् । उनीहरुलाई काठमाडौं ल्याइएको छ । काठमाडौंबाट नुवाकोटको खरानीटार बा १ ख ६३४८ नम्बरको बस शिवपुरी गाउँपालिका ७ मा पर्ने थानाभञ्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जनाको काठमाडौं ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ । अरु ३ जनको भने उपचारका क्रममा निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार मृतक मध्ये एक जनाको सनाखत भएको छ । मृत्यु हुनेमा नुवाकोट रालुकाकी २२ वर्षीया सविता तामाङ रहेकी छन् ।

घाइते मध्ये ८ जनाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये नविन श्रेष्ठ र सरस्वती गिरीको आईसीयूमा र अन्यको हाई केयर युनिटमा उपचार भइरहेको छ । अन्य घाइतेको ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरू मध्ये ३ जनाको अवस्था गम्भीर छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया