सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

बाराको कोहल्वी नगरपालिकामा एमाले विजयी

बाराको कोहल्वी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् । कोहल्वीमा एमालेका भरतबहादुर भण्डारीले ७ हजार ४०१ मत प्राप्त गर्दै मेयरमा निर्वाचित भएका हुन् ।  उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका मुरलीधरप्रसाद चौधरीले ७ हजार २०५ मत प्राप्त गरेका छन् ।  त्यसैगरी उपमेयरमा पनि एमाले उमेदवार सुनैना चौधरी विजयी भएकी छन् ।

उनले ७ हजार ३२२ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उमेदवार सुभद्रा धिमालले ६ हजवार ७१२ मत प्राप्त गरेको खनालले बाह्रखरीलाई जानकारी दिए । ११ वडा रहेको कोहल्वीमा ६ वडा अध्यक्ष कांग्रेस, ४ मा एमाले र एउटा वडामा स्वतन्त्र उमेदवार विजयी भएका छन्  । २३ हजार ८४४ मतदाता रहेको उक्त नगरपालिकामा पटक–पटक दलका प्रतिनिधि र उमेदवारबीच विवाद हुँदा नतिजा आउन ढिलाई भएको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया