शनिबार, असार २७, २०७७
www.samsararemit.com

सिन्धुपाल्चोकमा नेता बस्नेत कांग्रेस र राप्रपाको साझा उम्मेदवार

नेपाली कांग्रेसका प्रभावसाली नेता तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको लागि उम्मेदवार बन्नु भएको छ । यसअघिको संविधानसभामा पनि नेता बस्तेत सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाटै प्रत्यक्ष निर्वाचित हुनु भएको थियो ।

सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिकसँग चुनावी तालमेल भएकाले नेता बस्नेतको जीत निश्चित जस्तै भएको छ । कांग्रेसले सिन्धुपाल्चोक क्षेत्र नम्बर दुईमा राप्रपा प्रजातान्त्रिकका पशुपतिसमशेर राणालाई सघाउने छ भने क्षेत्र नम्बर एकमा राप्रपाले कांग्रेसका मोहनबहादुर बस्नेतलाई सघाउने छ ।

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया