शनिबार, फाल्गुन १०, २०७६
www.samsararemit.com

आजदेखि सुरक्षा ‘हाइ अलर्ट’: गृहमन्त्रालय

सरकारले आजदेखि मतदाता, उम्मेदवार र मतदान केन्द्र,  केन्द्रित सुरक्षा रणनीति अवलम्वन गर्ने भएको छ ।

निर्वाचनको मुखमा बम विस्फोटका श्रृङ्खला बढेपछि गृहमन्त्रालय मातहतको केन्द्रीय सुरक्षा समितिले आजदेखि निर्वाचन केन्द्रित उच्च सुरक्षा सतर्कता अपनाउन लागेको हो । यसअघिको सुरक्षा रणनीतिमा केही त्रुटि देखिएको स्वीकार्दै गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद शर्माले ४ वटै सुरक्षा निकायलाई मतदाता, उम्मेदवार र मतदान केन्द्र केन्द्रित सुरक्षा सतर्कता वढाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरवहादुर देउवाले हिजो सुरक्षा व्यवस्था चुस्त बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको थियो ।  निर्वाचन विरोधी गतिविधीमा संलग्नको प्रहरीले खोजी कार्य तीव्र पारेको भन्दै गृहमन्त्रालयले नेपाली सेना र सशस्त्रलाई समेत हाई अलर्टमा राखेको जनाएको छ ।

यसैबीच निर्वाचन गतिविधीमा संलग्न भएको आरोपमा पक्राउ परेका २ सय ५० भन्दा बढीलाई प्रहरीले फौजदारी अभियोग लगाउने भएको छ । बम विस्फोटका विभिन्न घटनामा नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको संलग्नताको चर्चा चलेपनि पक्राउ परेका विरुद्ध फौजदारी अभियोग लगाउने तयारी भईरहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया