सोमबार, मंसिर २३, २०७६
www.samsararemit.com

हल्ला कै भरमा नेपाल बन्द

आज बिहानदेखि सडकमा सार्वजनिक सवारी न्यून चलेका छन् । ठाउँठाउँमा गाडी कुरिरहेका यात्रु देखिन्छन् । शिक्षण संस्था बन्द छन् । सडकमा सवारी पातला छन् । मान्छेहरु हिँडिरहेका छन्। तर कसैलाई थाहा छैन, किन र कसले बन्द गरेको हो ?

यसअघि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द गरेको हल्ला चलेको थियो । तर चन्दले सो पार्टीले हिजो नै आफूहरूले बन्द नगरेको बताइसकेको छ।

अर्को हल्ला पनि छ, बर्हिगमित पूर्वलडाकुले बन्द गरेको रे । आफूहरुको नाम जोडेर हल्ला फिजाइएको बर्हिगमित जनमुक्ति सेनाका अध्यक्ष लेनिन बिष्टले बताए।

‘हामीले बन्द गरेका छैनौं, हाम्रो नाम जोडेर फैलाइएको हल्लामात्र हो,’ बिष्टले भने ।

नेपाल प्रहरीले देशका कुनैपनि ठाउँमा बन्द गराउन खोज्ने कोही फेला नपरेको जनााएको छ । प्रहरी प्रवक्ता मनोज नेउपानेले गाडीहरु कम चलेको भएपनि कसैले रोकटोक नगरेको बताए ।

‘सबैतिर हल्ला रैछ, तर कसैले आज बन्द आह्वान गरेको छैन,’ नेउपानेले भने ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया