बुधबार, बैशाख ११, २०७६
www.samsararemit.com

महिला हिंसा विरुद्धको १६ दिने अभियान शुरु

महिला हिंसाविरुद्धको १६ दिने अभियान आज शुरु भएको छ ।

महिला हिंसाविरुद्धको यसबर्षको अन्तराष्ट्रिय नारा ‘लैंगिक हिंसा अन्त्यको लागि सबै जुटौंं, कोही नछुटौं’ तय गरिएको छ । महिलामाथि हुने भेदभाव तथा सबै घटनाप्रति जागरुक बनाउने र सबै क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको पहलमा दिवस मनाउन थालिएको हो । दिवस हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउने गरिन्छ ।

नेपालमा पनि सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा महिला, बालबालिका, समाज कल्याण मन्त्रालय तथा विभिन्न संघसंस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया