आईतबार, मंसिर २२, २०७६
www.samsararemit.com

निर्वाचन सकिएसँगै रसुवागढी नाका खुल्यो

नेपाल र चीनबीच सञ्चालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढी सञ्चालनमा आएको छ ।

पहिलो चरणमा आइतबार भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै ७२ घन्टाका लागि बन्द गरिएको नाका निर्वाचन सकिएसँगै खुला भएको हो ।

नाका खुलेसँगै रसुवागढीबाट १९ वटा कन्टेनर सामान लिन केरुङतर्फ गएको र २७ वटा मालवाहक कन्टेनर केरुङबाट नेपाल प्रवेश गरेको प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताएका छन् । यस्तै, रसुवागढीमा ३ सयभन्दा बढी कन्टेनर केरुङ जाने तयारीमा रहेको समेत थापाले जानकारी दिए ।

कुनै समूहले निर्वाचन गतिविधिमा अवरोध पुर्‍याई चीनतर्फ जान सक्ने अवस्थालाई ध्यान दिँदै नाका बन्द गरिएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया