सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

२६ जिल्लाको मतपेटिका संकलन कार्य सकियो: निर्वाचन आयोग

पहिलो चरणमा मंसीर १० गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको मतपेटिका संकलन कार्य अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

संकलित मतपेटिकालाई जिल्लास्थित मुख्य निर्वाचन अधिकृत, दलीय प्रतिनिधि लगायतको रोहबरमा सुरक्षित स्थानमा सिल गरिएको छ । पहिलो चरणमा मतदान सम्पन्न भएका सबै ३२ जिल्लाका २ हजार ९ सय १७ मतदान केन्द्रमध्ये ७१ स्थानको मतपेटिका संकलन हुन बाँकी छ ।

मतदान सम्पन्न ३२ जिल्ला मध्ये २६ जिल्लाको मतपेटिका संकलन भईसकेको आयोगले जनाएको छ । बाँकी ६ जिल्ला सखुंवासभाका ९, भोजपुरका ६ , डोल्पाका २०, मुगुका १०, जाजरकोटका २५, दार्चुलाका १ स्थानको मतपेटिका संकलन गर्ने कार्य भइरहेको आयोगका प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

यसैबीच आयोगले दोस्रो चरणमा मंसीर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावको तयारी तीब्र पारेको छ । १५ हजार मतदान केन्द्रका लागि आवश्यक सामाग्री सम्बन्धित क्षेत्रमा पुर्‍याइसकेको प्रवक्ता ढकालले बताउनुभयो । मंसीर २१ मा ४५ वटा जिल्लामा हुने प्रदेश र प्रतिनिधिसभा चुनावका लागि मंसीर १८ गतेसम्म सबै कर्मचारी खटाइसक्ने आयोगले जनाएको छ ।

मंसीर १९ र २० गते मतदाता परिचय पत्र बाँड्ने आयोगको कार्यतालिका छ । पत्रचयपत्र वितरण कार्यसंगै मतदाता शिक्षा पनि प्रदान गर्ने आयोगले जनाएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया