बिहीबार, श्रावण २, २०७६
www.samsararemit.com

युवा नेता गगन थापा प्रति जनलहर बढ्यो

नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले कपनवासीले गत वर्षमा जस्तो समस्या अब भोग्नु नपर्ने बताएका छन् ।
चुनवी अभियानको अन्तिम सभा कपनमा पारेका थापाले वर्षामा भोगेको समस्याप्रति क्षमा मागेका छन् । सबै सडक एकै पटक बनाउँछु भन्ने महत्वकाक्षी राखेको र कतिपय संरचनागत समस्या भएको भन्दै उनले भने, ‘गत वर्षामा जुन समस्या भोग्नुपर्‍यो, त्यो मेरो नियत खराब भएर होइन, बस (नियन्त्रण) मा नभएर हो ।’

उनले आगामी वर्ष अगाबै यो क्षेत्रको सबै बाटो निर्माण सक्ने गरी काम भइरहेको बताए । सबै बाटो विस्तारको प्रक्रियमा लगेका कारण कपनमा गत वर्षमा सडकमा हिड्न निकै गाह्रो भएको थियो । विपक्षीले यही मुद्दालाई चुनावी नारा बनाएका छन् ।

गगनले आफूलाई सांसद बनाएर पठाए अबको ५ वर्ष सार्वजनिक शिक्षा र स्वास्थ्यका लागि लड्ने बताए । उनले भने, ‘सबैले समान र गुणस्तरीय शिक्षा र स्वास्थ्य पानुपर्छ भनेर लड्दै गरेको तपाईहरुले देख्न पाउनु हुनेछ ।’

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया