सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

दोश्रो चरणको निर्वाचनका लागि मतदाता परिचय पत्र बितरण गरिदै

निर्वाचन आयोगले दोस्रो चरणमा बिहिबार निर्वाचन हुने ४५ जिल्लामा मतदाता परिचय पत्र बितरण कार्य आज सुरु गरेको छ ।

आयोगले हरेक मतदान केन्द्रबाट बिहान ८ बजे देखी मतदाता परिचय पत्र बितरणको काम सुरु गरेको प्रबक्ता नबराज ढकालले जानकारी दिनुभयो । भदौ ३ गतेसम्म मतदाता नामावली नाम दर्ता गरी भदौ ५ सम्म १८ वर्ष उमेर पुरा गरेका एवं नामावली सच्याएका मतदाताले आफ्नो मतदान केन्द्रबाट परिचय पत्र प्राप्त गर्न सक्ने प्रबक्ता ढकालले बताउनुभयो ।

मतदाता परिचय पत्र आज र भोली गरी २ दिन बितरण गरिने आयोगले जनाएको छ । परिचय पत्र लिन ब्यक्ति स्वयम् उपस्थित हुनुपर्ने छ । बृद्धबृद्धा र अपाङगता भएकाको हकमा भने निजको परिचय पत्रका साथ परिवारका अन्य सदस्यले पनि मतदाता परिचय पत्र लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताहरुले सोही परिचयपत्रको आधारमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

आयोगका अनुसार मतदाता परिचयपत्रमा नाम दर्ता भएर समेत परिचयपत्र हराएका तथा परिचयपत्र प्राप्त गरि नसकेकाले नागरिकताको प्रमाणपत्र वा सरकारबाट जारी भएका परिचयपत्र देखाएर मत खसाल्न सक्ने छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया