सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

गुल्मीका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी

गुल्मीका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य रहेको गुल्मीको क्षेत्र नं १ बाट एमालेका प्रदीपकुमार ज्ञवाली र क्षेत्र नं २ बाट गोकर्णराज विष्ट विजयी भए ।

ज्ञवालीले ३७ हजार ५५० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्र भण्डारीले २९ हजार ४५० मत प्राप्त गरे ।

त्यसैगरी विष्टले ३४ हजार ६१८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै चन्द्रबहादुर केसीले २० हजार १५६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए ।

क्षेत्र नं १ प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका सुदर्शन बराल र एमालेका कमलराज श्रेष्ठ विजयी भए । बरालले १७ हजार ९१० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पृथबहादुर फौदारले १३ हजार २९९ मत प्राप्त गरे । त्यस्तै श्रेष्ठले १९ हजार ५५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै धनेन्द्रबहादुर कार्कीले १६ हजार ३३७ मत प्राप्त गरे ।

त्यसैगरी क्षेत्र नं २ प्रदेशसभा सदस्यमा एमालेका खडकबहादुर केसी र माओवादी केन्द्रका दिनेश पन्थी विजयी भए । केसीले १६ हजार १६५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शालिक पन्थीले ११ हजार ६७३ मत प्राप्त गरे भने पन्थीले १७ हजार ६०१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै छन्दबहादुर पहराईले नौ हजार ५६५ मत प्राप्त गरे ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया