सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

भक्तपुर–१ मा नेमकिपाका सुवाल विजयी

भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन् । सुवालले ३३ हजार ०७६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत प्राप्त गरे ।

यस्तै, क्षेत्र नं १ प्रदेश ‘क’ मा एमालेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले जानकारी दिए । नेपाल मजदुर किसान पार्टीका नीरज लवजूले सात हजार १९ मत तथा माओवादी केन्द्रका डिपी ढकालले ७८४ मत प्राप्त गरे ।

क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेमकिपाका सुरेन्द्रराज गोसार्इंले २३ हजार १६४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रोमन शिलाकारले सात हजार ७३१ मत ल्याए । कांग्रेसका अनिल भुजूले पाँच हजार ३०२ मत प्राप्त गरे ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया