शनिबार, असार २७, २०७७
www.samsararemit.com

प्रतिवेदन भन्छः गरिबी ७ प्रतिशतले बढ्यो

नेपालमा गरिबी संख्या झनै बढेको छ । राष्ट्रिय योजना आयोगले अक्सफोर्ड विश्व विद्यालयसँगको सहकार्यमा गरेको एक अध्ययन प्रतिवेदनले नेपालमा गरिबीको संख्या सात प्रतिशतले बढेको छ । यस अघिको सरकारी तथ्यांकअनुसार नेपालमा २१ दशमलव ६ प्रतिशत गरिब थिए भने बुधबार सार्वजनिक प्रतिवेदन अनुसार गरिबीको तथ्यांक २८.६ प्रतिशत पुगेको छ ।

योजना आयोगले पहिलोपटक गरिबीको बहुआयमिक सूचकाङ्कका आधारमा तयार पारेको यस्तो प्रतिवेदनअनुसार सबैभन्दा बढी गरिब प्रदेश नम्बर दुई र ६ मा छन्। उक्त प्रतिवेदन अनुसार दुई नम्बर प्रदेशमा ४७ दशमलव ८९ प्रतिशत र ६ मा ५१ दशमलव २२ प्रतिशत नेपाली गरिब छन् । प्रदेश नम्बर ७ मा ३३.५६ प्रतिशत, प्रदेश नम्बर ५ मा २९.९२ र प्रदेश नम्बर ४ मा १४ दशमलव १९, प्रदेश नम्बर ३ मा १२ दशमलव २४ र प्रदेश नम्बर १ मा १९ दशमलव ६७ प्रतिशत गरिब रहेको पनि प्रतिवेदनमा औल्याइएको छ ।

प्रतिवेदनअनुसार सबैभन्दा गरिब नेपाली बस्ने प्रदेश नम्बर ६ र कम गरिब बस्ने प्रदेश ३ नम्बर रहेको छ ।  प्रतिवेदनले शिक्षा, स्वास्थ्य र जीवन यापनको क्षेत्रमा विभिन्न १० वटा आधार बनाएर प्रतिवेदन तयार पारेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया