मंगलबार, असार ३१, २०७६
www.samsararemit.com

खैरो हिरोइनसहित सात जनाको गिरोह पक्राउ

टीकापुरस्थित इलाका प्रहरी कार्यालयले लागुऔषध खैरो हिरोइनको कारोबारमा संलग्न सातजनालाई पक्राउ गरेको छ । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले उनीहरूबाट ४७ ग्राम खैरो हिरोइन बरामद गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिकाका खगेन्द्र गिरी, वीरबहादुर चौधरी, धनगढी उपमहानगरपालिका, जुगेडा गाउँका उदय थापा, काठमाडौंका सन्तोष शाही, कर्मा शेर्पा, दीपेश स्याङ्बो तामाङ र नविन लामा तामाङ छन् ।

काठमाडौं घर ठेगाना भएका चारजनालाई काठमाडौं प्रहरीको समन्वयमा टीकापुरबाट गएको प्रहरी टोलीले र अन्य तीनजनालाई कैलालीमै पक्राउ गरिएको हो । भारतबाट लागुऔषध लिएर टीकापुरको बाटो हुँदै काठमाडौँ पठाउन खोजिरहेका उनीहरुलाई तीन दिनअघि पक्राउ गरिएको हो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया